जब एक युवकको कानबाट १० भन्दा साङ्लाहरु आए [भिडियोसहित]

काठमाडौं । चीनको बेइजिङमा २४ बर्षीया युवकको कानबाट साङ्लाहरु आएका छन् । केहि दिन अघि युवकले दाहिने कानमा पीडा भएको महसुस गरिरहेका थिए र कानका हलचल भएको महसुस गरेका थिए । त्यसपछि उनी उपचारको लागि अस्पताल पुगेका थिए । त्यहाँ उपचारको क्रममा डाक्टरहरूले युवकको कानबाट साङ्लाहरु निकालेका थिए । डाक्टरका अनुसार १० भन्दा बढी साङ्लाहरु निकालिएको छ ।

तर साङ्लाहरु कति समयदेखि युवकको कानमा थिए भन्ने कुराको भन्ने पत्ता लागेको छैन् । साङ्लाहरुले कानको भित्री भागमा धेरै घाउ बनाएका छन् । गत वर्ष, संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा एउटी महिलाको कानमा पनि साङ्लो भेटिएको थियो । महिलाको कानमा ९ दिनसम्म साङ्लो बाचेको थियो ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस