रोल्पामा चार्जमा राखेको मोबाईल चलाउँदा करेन्ट लागेर एकको मृत्यु

रोल्पा,१५ असोज । चार्जमा राखेको मोबाईल चलाइरहेको समयमा करेन्ट लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र प्युठानको भिङ्ग्री लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस