६८ बर्षे बृद्धको बेदना: श्रीमती र छोरा बुहारी घरमा, आफू बृद्धआश्रममा (भिडियोसहित)

सुरेश हमाल/पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित पोखरा वृद्धाश्रममा को’रोना संक्र’मणका समयमा पनि बिभिन्न सहयोगी दाताहरुले सहयोग गरिरहेका छन् ।

झण्डै चार महिनाको बन्दाबन्दी र त्यस यताको सं’क्रमण कालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका संचालक समितीका सदस्य श्रीनाथ आचार्यर्यले जानकारी दिए ।

“कोरोनाको समयमा जेष्ठ नागरिकलाई जोगाउन झनै कठिन् छ र यसरी यस्तो गार्हो अवस्थामा सहयोग गर्ने सबैलाइ धन्यवाद समेत दिए ।
समाजका विपन्न,असहाय एवम् अशक्त जेष्ठ नागरिकको सहारा बन्ने उदेश्यका साथ २०५३ सालमा स्थापना गरि सञ्चालनमा आएको बृद्धाश्रममा बृद्धवृद्धा र सेवकसेवीका सहित कूल ५५ जना रहेको सञ्चालक समितिका सदस्य आचार्यले जानकारी दिए ।


उनका अनुसार बिहान बेलुकाको दुई छाक खाना तथा चिया र खाजा, सेवकसेवीको तलव तथा अन्य सरसफाई एवम् उपचारमा समेत गरि मासिक एक लाख भन्दा बढी खर्च हुने गरेको छ । बृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक बिभिन्न रोगका औषधि सेवन गर्नुहुन्छ । बन्दाबन्दीका क्रममा औषधिको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधि उपलव्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस