काठमाडौं उपत्यकामा संक्रमणको बढ्दो दरमा उही उछाल, १ हजार १ सय ७७ संक्रमित थपिए

काठमाडौं, १७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ९ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६७ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २७ हजार ७ सय ९२ पुगेको छ । यसमध्ये काठमाडौमा २२ हजार ८७, ललितपुरमा २ हजार ५ सय ८५ जना र भक्तपुरमा २ हजार ४ सय ५१ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस