काठमाडौं उपत्यकामा संक्रमितको संख्या निरन्तर बढ्दो,थप १५ सय ३१ मा संक्रमण पुष्टि

काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३१ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ७८ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २ सय ५० जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १ सय ३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३० हजार ९ सय २२ पुगेको छ । यसमध्ये काठमाडौंमा २४ हजार ६ सय ३८, ललितपुरमा ३ हजार २२ जना र भक्तपुरमा २ हजार ५ सय ९३ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस