सलाम छ ! भगवान जस्तै श्रीमान ! सबैले आस मा’रेकी श्रीमतीलाई यसरी ब’चाए, (भिडियो)

काठमाण्डौ। निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घ’टना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्,

जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् । विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ २०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

सायद विनोद र अनिताको सुखद् जीवन दैवलाई रुचेन । अनितालाई एक्कासी टाउको दुख्ने रोगले सताउन थाल्यो । उनीहरूले चेकअप गराए । चिकित्सकको सल्लाह बमोजिम औषधि खान थालिन् अनिता । औषधिले सायद काम गरेन । उनलाई ब्रेन हेमरेज भयो । त्यो घटनाले विनोदले सारा खुशी र सपना ऐना फुटेसरह टुक्राटुक्रामा परिणत भएको महसुस गरे । तर पनि श्रीमतीलाई जसरी पनि बचाउने अभियानमा लागे । श्रीमती बिनाको जीवन अधुरो सोचिसकेका उनले पैंसा, समय, हेरचाह जे–जे आवश्यक पर्छ, सबै जोहो गर्ने अठोट गरे । र लागे राम्रो भन्दा राम्रो उपचारको खोजीमा ।

प्रतिक्रिया दिनुहोस