जब आफ्नो बहिनीलाई बचाउन जब ग्राहक बनेर भाई पुगे वेश्यालय

बिहारको बेगूसराय जिल्लाको कस्बाई इलाका बखरीमा रहेको एक युवक दलाललाई रुपैयाँ दिन्छन् । त्यसपछि एक युवतीसँग कोठामा दाखिल हुन्छन् र चार मिनेटमा नै त्यहाँबाट फर्किन्छन् ।

त्यसको केही समयपछि त्यही युवक प्रहरी साथमा लिएर फर्केर आउँछन् । यसपटक उनी देहव्यपारको दलदलमा फँसेकी ती युवतीलाई बचाउन आएका हुन्छन् । ती युवती अरु कोही नभएर आफ्नै बहिनी हुन्छन् ।

यो घटना शुरुमा काल्पनिक लाग्न सक्छ । तर, बुधबार बखरीमा यस्तै घटना घटेको छ । प्रहरी कारवाहीमा दुई युवतीलाई देह व्यापारको चङ्गुलबाट मुक्त भएका छन् । जसमध्ये एक युवती बिहारको शिवहर जिल्लाकी हुन् भने अर्की झारखण्डकी ।

उद्दारको कथा

शिवहरकी प्रतिमा (परिवर्तित नाम) ले आफ्नो माइती पुगेर बिबिसीसँग कुरा गर्दै भनिन्, ‘करीब तीन वर्ष अघि अशोक खलीफाले मलाई सीतामढीबाट भगाएर बखरी लग्यो र मसँग यहाँ काम गर्न लगायो ।’

बखरीमा उनी आफ्नो छोरासँग बस्थिन् । उनका अनुसार उनलाई बन्द गरेर राखिन्थ्यो । उनी कहिल्यै बाहिर जान पाउँदिन थिइन् ।

उनले थप भनिन्, ‘करीब दुई हप्ताअघि एक फेरीवाला आयो । मैले उसलाई देखेर म तिमीलाई चिन्छु भनेँ । उसले पनि म तपाईंलाई चिन्छु भन्यो । त्यसपछि उसको नम्बर लिएर यहाँबाट निक्लिनेबारे कुराकानी गथ्र्यौँ ।’ ती फेरीवाला प्रतिमाको माइतीका थिए ।

माइतीसम्म खबर पुग्यो

फेरीवालाले शिवहर आएर सबै कुरा प्रतिमाको परिवारलाई भनिदिन्छन् । त्यसपछि उनको परिवार प्रतिमालाई छुटाउन बेगूसराय पुग्छन् ।

प्रतिमाका भाई मनोज (परिवर्तित नाम) उनको रिहाईको कथा यसरी बयान गर्छन्,

‘फेरीवालाले बहिनीलाई म आउँछु भनेर भनेको थियो । म अशोक खलीफा नजिक ग्राहक बनेर पुगेर । दुई सय रुपैयाँ दिए पछि उसले मलाई दुईवटा युवती देखाए ।

मैले ईशारामा आफ्नो बहिनीलाई चुनेँ । यसपछि कोठामा बहिनीसँग पाँच मिनेट बसेँ र उनलाई प्रहरी लिएर आउँछु भनेँ ।’

यसपछि प्रतिमाको पिताले दर्ता गरेको उजुरीको आधारमा बखरी थानाका प्रहरीले बुधबार छापा मारेर उनीसहित एक अन्य महिलालाई रिहा गरेको थियो ।

घर पुगिन् पीडित

बखरी थानाध्यक्ष शरत कुमार भन्छन्, ‘प्रतिमाको रिहाईपछि बिहिबार उनको मेडिकल जाँच गरियो । शुक्रबार अदालतमा उनको बयान दर्ज गरेपछि सोही दिन उनको माता–पितालाई जिम्मा लगाइयो ।’

उजुरीमा दर्ता गरिएको दुई व्यक्तिमध्ये एक नसीमा खातूनलाई प्रहरीले पक्राउ गरेको छ भने अशोक खलीफा हालसम्म फरार रहेका छन् । प्रतिमा शुक्रबार नै बेगूसरायबाट आफ्नो माइती शिवहरी पुगिसकेकी छिन् ।
मनीष शाडिल्य, पटना – श्रोत – मेरो जिल्ला डटकम

प्रतिक्रिया दिनुहोस
छुटाउनु भयो कि ?

मलेसियामा नेपाली सुरक्षा गार्ड पि;ट्ने सुपरभाइजर प्रहरी नियन्त्रण;मा, पि;टाइ खाने र पि;ट्ने दुवै नेपाली काठमाडौँ — मलेसियामा नेपाली सुरक्षागार्डलाई अ;मानवीय हिसाबले कु टपि;ट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आ;त्मसम;र्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कु;टपि;ट गरेका थिए । नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराऊवि;रुद्ध कि;टानी जा हेरी दिइएको थियो । कि;टानी जा;हेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पी;डित र पी;डकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आ;त्मसम;र्णण गरेका हुन् । ‘दुईपक्षबीच आपसी असमझदारी भएपछि कु;टपि;टको घ;टना भएको देखियो । यो कु;टपिट अ;मानवीय भएको देखियो । आवश्यक छानबिन गरी दो;षीमाथि का;रबाही गर्न हामीले प्रहरीमा कि;टानी जा;हेरी दिएका छौं’, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रहरीको तर्फबाट आवश्यक छानबिन सुरु भइसकेको छ ।