कोरोना संक्रमणबाट काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन

काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको कोरोना संक्रमणबाट निधन भएको छ । २०४६ मै झापा जिल्ला सभापति बनेका प्रसाईँको आज मध्यान्न उपचारको क्रममा चावहलस्थित ओम अस्पतालमा ९९ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएको प्रसाईलाई उच्च ज्वरोका साथै श्वास प्रश्वासमासमेत समस्या थियो । उनलाई उपचारकरो लागि एकसाता अघि नै अस्पताल भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उनको श्रीमति, तीन छोरो र दुई छोरी छन् ।

यसैबीच उहाँको निधनप्रति नेपाली कांग्रेसले पनि समवेदना प्रकट गरेकाे छ ।  ‘उहाँकाे निधन प्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ’- शोक बक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस