थप २ हजार बढीमा कोरोना, २२ जनाको निधन

नेपालमा थप २ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयका अनुसार देशभरी १२ हजार ४२७ जनाको नमूना परिक्षण गर्दा ७०२ महिला र १ हजार ३६९ पुरुष गरी जम्मा २ हजार ७१ जनाको नमूना पोजेटिभ पाइएको हो ।

आज काठमाडौंमा १ हजार १४५ भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी उपत्यकामा १ हजार ४१६ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । जसमध्ये ६३३ जनाको निमन भएको छ भने ७५ हजार ८ सय ४ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घन्टामा १ हजार ५५२ जना निको भएका छन् भने २२ जनाको निधन भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । जसमध्ये १७ हजार ६६६ जना होम आइसोलेशनमा र १३ हजार ६४९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । गम्भिर अवस्थामा रहेका ३२९ जनालाई आइसीयू र ७६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गराइएको मन्त्रालयले जनाएको छ ।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

शनिवार हालसम्मकै सर्वाधिक ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको थियो। गत शुक्रवार २ हजार ५९ सङ्क्रमित फेला परेका थिए।

गत बिहीवार मन्त्रालयले ४ हजार ३६४ सङ्क्रमित फेला परेको र १२ जनाको मृत्यु भएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस