नेपालमा आज ४ हजार ४७ संक्रमित थपिए, कुल एक लाख ११ हजार ८०२ पुग्यो

असोज २६ काठमाण्डौं । नेपालमा आज मात्रै ४०४७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १४,५३० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ ।

आज १४७३ कोरोनामुक्त भएर जना डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको कुल संख्या ७७२७७ पुगेको छ । पुगेको छ । यस मध्य अब ३३८८० सक्रिय संक्रमित रहेका छन् । जस मध्य संस्थागत आईसोलेसनमा १३९२३ रहेका छन् । होम आईसोलेसनमा १९ हजार बढी रहेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस