काठमाडौं उपत्यकामा फेरि कडा लकडाउन नगरे कोरोना गाउँ-गाउँमा पुग्छ : कोरोनामुक्त सांसद श्रेष्ठ

२६ असोज । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका कांग्रेस सांसद उमेश श्रेष्ठले काठमाडौं उपत्यकामा तीव्र गतिमा फैलिरहेको कोरोनालाई रोक्न फेरि लकडाउन गर्नुपर्ने बताएका छन् ।सांसद श्रेष्ठले सरकारलाई दसैं र तिहारमा कडा लकडाउनको घोषणा गर्न सुझाव दिएका छन् । उनले यदि त्यस्तो नगरेमा काठमाडौंबाट कोरोना भाइरसको संक्रमण गाउँगाउँमा पुग्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद श्रेष्ठले काठमाडौं उपत्यकामा २० देखि २५ दिन सम्म ठप्प नगरे समस्या समाधान नहुने जनाएका छन् ।

सांसद श्रेष्ठ केही दिन पहिले मात्रै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस