भारतबाट आउन र जान अझै कडा गरिने, एक महिना सम्म नखोलिने

असोज २७ काठमाण्डौं । सरकारले बढ्दो कोरोना संक्रमणको जोखिमका कारण भारतीय सीमा नाकाहरुमा अझ कडाई गर्ने भएको छ । कोरोना महामारीका बीच भारतबाट घर आउने र फेरी रोजगारीका लागि जाने संख्यामा वृद्धि भएसगैँ सरकारले यस्तो निर्णय गरेको हो ।

शुरुमा कडा भएको नाका पछि केही खुकुलो पारिएको थियो । तर संक्रमण तीव्र भए पछि पुनः कडा गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।
अझै एक महिना सम्म नाका नखोल्ने मन्त्रीपरिषद्को सोमबारको बैठकले निर्णय गरेको हो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस