जसले छोरीकी साथीलाई उखुबारीमा बलात्कार पछि घाँटी थिचेर मारे

असोज २९ रौतहट । रौतहटमा छोरीकी साथीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी कार्बाही अघि बढाएको छ । जिल्लाको बृन्दावन नगरपालिका वाड नं. ४ पल्टुवाका ४५ बर्षिय चुन साह तेलीलाइ प्रहरीले आज सार्वजनिक गरेको छ ।
साहलाइ गत असोज १६ गते रौतहटको बृन्दावन नगरपालिकाको उखुबारीमा सन्जु कुमारी साहलाई बलात्कार गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । उनले बयानमा प्रहरीसमक्ष बलात्कार पछि हत्या गरेको स्वीकार गरेका छन् । सञ्जु तेलीकै छोरीको मिल्ने साथी समेत रहेको खुलेको छ । तेलीले सञ्जुलाई बलात्कार पछि घाँटी थिचेर मारेर फरार भएका थिए ।
रौतहटको गढीमाइ नगरपालिका वाड नं. १ समनपुरका १४ बर्षीया सन्जा कुमारी साहको शंकास्पद अबस्थामा शब फेला परेको थियो । वृन्दावन नगरपालिका वाड नंं ४ पलटुवाटोल मावली घरमा बसेकी सन्जु कुमारीको सोही गाउका होस नारायण यादवको उखुबारीमा शब फेला परेको थियो ।
त्यस पछि अनुसन्धान गर्दै जाँदा उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी तथा प्रबक्ता भरत श्रेष्ठले जानकारी दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस