२२ वर्षदेखि हिम पाइपमा बस्दै यो जोडी, कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ

सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर बसालेका छन् । यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ ।

कोलम्बियाको राजधानी मेडेलिन मा मारिया गार्सियाको मिगुएल रेस्ट्रेपोसंग पहिलो पटक भेट भएको थियो । जुन समय यीनीहरुको भेट भयो उक्त समय दुवैको उस्तै थियो । यी दुवैमा ड्रग्सको लत थियो । यीनीहरुमा लत धेरै लागेका कारण आफ्नो जिन्दगी सकाउन आँटेका थिए । भाग्यले साथ दिएकाले त्यसो हुन सकेन ।

यी दुई सगै जिन्दगी बिताउने सोच राखेपछि लतबाट पनि छुटकारा पाएपनि सडकमा बस्न शुरु गरेका थिए । यी दुई बसिरहेको सडक लागु पदार्थ ओसार पोसार गर्ने उपयुक्त स्थान थियो ।

उनीहरुसँग न त पैसा न कोही आफन्त थिएनन् । यसैले यी दूईले एक अर्काको साहारा लिई विवाह गरेका थिए । एक साथ रहेपछि यीनीहरुको जीवनमा धेरै सुधार आएको थियो ।

उनीहरुको यो बस्ने हिमपाइपमा विजुली, लाइट, टिभी र सानो भान्सा कोठा पनि रहेको छ । यो स्थान शहरको भागदौड भन्दा धेरै शान्तिपूर्ण भएको बताएका छन् ।

यो पनि पढ्नुहोस : विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै

विश्वमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरोको संरक्षणमा चासो नदिँदा नेपालबाट लोप हुँदै गएको छ । मानवीय अतिक्रमण, खाद्यबालीमा विषादीको प्रयोग र चोरी निकासीका कारण पानीगोहोरो सङ्कटमा परेको हो ।

हल्का खैरो रङको हुने पानीगोहोरोलाई स्थानीय समुदायले ‘पानीकुकुर’ पनि भन्दछन् । सन् २००४ मा गरिएको अध्ययनमा लोपउन्मुख सूचीमा रहेको पानीगोहोरो नेपालको इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लामा पाइन्छ ।

सन् १९८० देखि २००० सम्म गरिएको अध्ययनमा बढ्दो वन फँडानी, मानवीय अतिक्रमण र खाद्यबालीमा घातक विषादीको प्रयोगका कारण लोप हुँदै गएको पत्ता लागे पनि संरक्षणका लागि हालसम्म पनि पहल नभएको हो ।

एक हजारदेखि तीन हजार मिटरसम्म पाइने पानीगोहोरो झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा बर्सातमा बस्ने गरेको अध्ययनकर्ता चिकित्सक के आर खम्बुले बताए । बर्सातमा बाहिर देखिने पानीगोहोरो हिउँदमा जमिनमुनि दबेर बस्ने गरेको छ ।

नेपाल, भारत, चीन, म्यान्मा र थाइल्यान्ड पाइने यो सरीसृप प्रजाति विश्व कति सङ्ख्यामा छ भन्ने अध्ययनकर्ताले यकिन गर्न सकेका छैनन् । नेपाल र भारतमा स्थानीय समुदायले औषधि बनाउन प्रयोग गर्ने पानीगोहोरो म्यान्मामा माछा मार्न प्रयोग हुँदै आएको अध्ययनमा उल्लेख छ ।

नेपालमा स्थानीयवासीले पानीगोहोरो ढाड कम्मर दुखेमा औषधिका रुपमा प्रयोग गर्दै आएको माईपोखरीका कमल मुखियाले बताउनुभयो । विश्वमा पाल्तु जनवारका रुपमा माग बढ्दै गएको पानीगोहोरोको संरक्षणको काम नहुँदा नेपालबाट तस्करीसमेत हुने गरेको अध्ययनकर्ता बताउँछन् ।

भाले १५ दशमलव तीन सेन्टिमिटर र पोथी १६ दशमलव चार सेन्टिमिटर लामो हुने गरेको अध्ययनकर्ता ह्याज एन्ड ड्युटीको अध्ययनमा उल्लेख छ । ड्युटीले सन् २००४ मा पानीगोहोरोेलाई लोपउन्मुख सूचीमा रहेको सरीसृप रहेको निष्कर्ष निकालिएको छ ।

नामका अध्ययनकर्ताले पानीगोहोर संरक्षणका लागि पहल नभए नेपालबाट पूरै लोप भएर जाने अध्ययनमा उल्लेख छ । सन १९८० को दशकदेखि अध्ययन शुरु गरी सन् २००० सम्म अध्ययन गरिए पनि नेपालको इलामस्थित माईपोखरीमा सन् २०१६ मा अध्ययन गरिएको थियो । पानीकुकुरको बालबालिकाले सिकारसमेत गर्दै आएका छन् ।

खासगरी एक हजारदेखि तीन हजार मिटर उचाइमा पाइने सफा पानीमा बस्ने भएपछि पछिल्ला विकास निर्माणका गतिविधिले सिमसार, पोखरी र पानीका मुहान धमिलो भएका कारण सङ्ख्या घट्ने गरेको अध्ययनमा उल्लेख छ ।

बर्सातमा जमिनमाथि र हिउँदमा जमिनमुनि बस्ने गरेकाले अहिलेसम्म विश्वमा कति सङ्ख्या छ भन्ने यकिन भइनसकेको अन्तर्राष्ट्रिय संस्था आयुसिएनले जनाएको छ । आयुसिएन संस्थाले सन् २००४ मा पानीगोहोरोेलाई लोपोन्मुख सूचीमा सूचीकृत गरेको थियो ।

झ्याउ भएको जङ्गल, सफा पानी, पोखरीहरु, सिम र स–सना पानीका मुहानमा पाइने र हिउँदमा जमिनमुनि दबेर बस्ने गरे पनि दक्षिण र पूर्वी एशियामा लोप हुनाका कारण बढ्दो वन फँडानी र मानवीय अतिक्रमण, खाद्यबालीमा घातक विषादीको प्रयोग मुख्य कारक मानिएको छ ।

भारतको दार्जिलिङ क्षेत्रमा लोप हुनाका कारक बढ्दो चिया रोपण, पर्यटकीय क्षेत्रको विकास, व्यापारिक क्षेत्र बनाउनु र बढ्दो सहरीकणका कारण रहेका छन् ।

पूर्वी नेपालका तीन जिल्लामा पाइने गरे पनि संरक्षणका लागि गैरसरकारी संस्थाले सचेतनामूलक कार्यक्रम गरे पनि सरकारी निकायमा कुनै पनि कार्यक्रमहरु सञ्चालन गर्न सकेका छैनन् ।

पूर्वी पहाडी जिल्लाको पहिलो रामसार क्षेत्र माईपोखरीमा पानीगोहोरो पाइने गरे पनि अहिले संरक्षणका काम गाउँपालिकास्तरबाट पहल भइरहेको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।

माईपोखरी क्षेत्रको स–सना सिमसार क्षेत्रमा पानीगोहोरोेको बासस्थान संरक्षणको काम गरिएको महेश राईको भनाइ छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस