अपडेटः बीरगञ्जको गणेश अपार्टमेन्टमा प्रहरीको अप्रेसनः २३ किलो सुन र चाँदी पनि बरामद

कार्तिक १ बीरगञ्ज । वीरगन्जको गणेश अपार्टमेन्टमा आज प्रहरीले छापा मारेर २३ किलो बढी सुन र दुई किलो चाँदी बरामद गर्न सफल भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबर दुई घण्टा छापा मारेर २३ किलो बढी सुन बरामद गरेको हो ।

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा सुन फेला परेको थियो ।

केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस आठ केजी पाँच सय ७६ ग्राम । बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरेको पत्रकार सम्मेलन गरी जनएको छ ।
त्यस बाहेक सुनका विभिन्न गहना समेत लुकाएको फेला परेको छ । त्यसैगरी चाँदीको जस्तो देखिने गरगहना, थाल र भाडा गरेर दुई केजी २६२ ग्राम बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन ।
सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याट र त्यसका धनी पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस