नेपालमा आज आज ५ हजार ७४३ जना कोरोना संक्रमित थपिए, कुल १ लाख ४४ हजार ८७२ पुग्यो

कार्तिक ५ काठमाण्डौं । नेपालमा आज ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । २० हजार ११८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । संस्थागत आईसोलेसनमा १४हजार ६७६ जना रहेका छन् । होम आईसोलेसनमा २९ हजार बढीरहेका छन् ।
अब क्वारेन्टीनमा ४ हजार ६५ रहेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस