नेपालीसँग अनुहार मिलेको भन्दै यी युवतीलाई भारतीय अधिकारीहरुले राहदानी दिएनन्

काठमाडौं । भारतमा दुई युवतीलाई नेपालीसँग अनुहोर मिलेको भन्दै पासपोर्ट दिन इन्कार गरिएको छ । अम्बालाबाट राहदानी लिन चंडीगढ़ गएका दुई बहिनीहरूले यस्तो समस्याको सामना गर्नुपरेको हो । भारतमा जन्मिए, हुर्किए र दुबै बहिनीहरूलाई पढे, जब राहदानी कार्यालय आइपुगे, त्यहाँ बसिरहेका अधिकारीहरूले कागजात नहेरी निर्णय गरे कि राहदानी हुन सक्दैन ।

उनीहरूको कागजात हेर्दै नहेरी नेपाली भएको भन्दै फर्काएका थिए । यो कुरा थाहा पाएपछि डिप्टी कमिश्नर पनि छक्क परे । उनीहरुसँग राहदानी बनाउन चाहिने सबै कागजात साथमा थियो तर अधिकारीहरुले कागत हेर्नु भन्दा पहिले अनुहार हेरे अनी नेपाली भएको भन्दै फिर्ता पठाए । सन्तोषको जन्म अम्बालामा भएको थियो र उनले कुरुक्षेत्र विश्वविद्यालयबाट अध्ययन पूरा गरेकी छिन ।

सन्तोष बुबाको बुटिकमा काम गर्दछिन । तर केहि समय अघि उनले विदेश जाने सपना देखेर पासपोर्ट सेवा केन्द्रलाई सबै कागजात दिएर राहदानी प्राप्त गर्ने प्रक्रिया शुरू गरिन् । उनलाई राहदानी कार्यालय बोलाइयो जहाँ उनको अनुहार देखे पछि मात्र राहदानी जारी गर्न अस्वीकार गरियो । उनको राहदानी आवेदन फाराममा, ‘आवेदक नेपाली देखिन्छ’ भनेर टिप्पणी गरिएको थियो । सन्तोषले भनिन, ‘हामीले हरियाणाका मन्त्री अनिल विजसँग कुराकानी गर्यौं, त्यसपछि हाम्रो राहदानी बनाउने प्रक्रिया सुरु भयो ।’

डिप्टी कमिश्नर अशोक शर्माले भने, ‘यो खबर पाउने बित्तिकै मैले हस्तक्षेप गरें र त्यसपछि दुवै बहिनीहरूलाई राहदानी कार्यालयले बोलाइयो । अब उनीहरूको राहदानी छिट्टै पाउँनेछन् ।’ यद्यपि क्षेत्रीय राहदानी अधिकारी सिबाश कबीराजले भने, ‘अम्बालाका स्थानीय कर्मचारीहरूले आपत्ति जनाए किनभने उनीहरूको कागजात पर्याप्त थिएनन् ।’ डिप्टी कमिश्नर र स्थानीय पुलिसले अनुसन्धान गरेपछि कागजात पुरा भएको खुल्न आएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस