“बच्चाले जन्मिए लगत्तै डाक्टरको मास्क तानेको तस्विर भाइरल, तपाई के संकेत बुझ्नुहुन्छ ?”

काठमाडौं ।हामी सबैलाई थाहा छ कि,यो महामारीको समयमा मास्क कति धेरै आवश्यक छ । डाक्टरका अनुसार मास्कले मानिसका लागि भ्याक्सीनको काम गरिरहेको छ । यसैबीच हालै जन्मिएका एक शिशुलाई मास्क कति आवश्यक छ भन्ने कुरा के थाहा । तर बच्चाले भने जन्मिए लगत्तै डाक्टरको मास्क तानेका छन् ।

यो तस्विर अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । डाक्टरले इन्स्टाग्राममा तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामी सबै चाहान्छौँ कि, अब छिटै नै मास्क खोलौँ ।’ यो फोटो यूएईका एक डाक्टरले आफ्नो इन्स्टाग्राममा शेयर गरेका हुन् ।

फोटोलाई लिएर अनेकौँले आफ्नो विचार राखिरहेका छन् । कसैले अब अति भयो मास्क खोलौ भनिएको हो भनेका छन् । कसैले अब कोरोना भाइरसको महामारी अन्त्य हुन्दैछ भन्ने संकेत हो भनेका छन् । तपाइलाई के लाग्छ कमेण्टमा आफ्नो विचार राख्नुहोला । एजेन्सीको सहयोगमा

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस