‘दुःख नपाएको भए गाडा लिएर को हिंड्थ्यो ?’ दिनदिनै औषधी खाएर बुर्फिन र निम्स खाएर म हिँडिरहेकी छु,….

काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा महिलाको सानो भिडियो क्लिप भाइरल बनिरहेको छ। जसलाई नेपालीहरुको अहिलेको वास्तविक अनुहार भनेर चित्रित गरिँदै छ। पी’डा सुनाइ रहेकी ती महिलाको भिडियो सेयर गर्दै मानिसहरुले सरकारी नीतिको वि’रोध गरिरहेका छन्। प्रहरीले ठेलागाडामा तरकारी राख्न नदिएको तथा ढक तराजु खोसेपछि ती महिलाले प्रहरीप्रति आक्रोश पोखीरहेको भिडियोमा देख्न सकिन्छ।

ठेलागाडामा तरकारी बेच्नु आफ्नो रहर नभइ बाध्यता भएको उनी बताउँछिन्। ‘बिरामी होला भन्ने हामीलाई पनि त डर हुन्छ दिनदिनै औषधी खाएर बुर्फिन र निम्स खाएर म हिँडिरहेकी छु, ल भन्नु न तेल्ले!..’ उनी प्रश्न गर्दै रुँदै पीडा पोखिरहेकी छन्।सामाजिक सञ्जाल टिकटिकमा निकै भाइरल भएको यो भिडियो धेरैले सेयर गरेका छन्। मानिसहरुले राज्यलाई यो आवाजले पोज्छ कि पोल्दैन भन्दै प्रश्न उठाइरहेका छन्।

सरकारी नीतिको विरोध : केही दिन अघि निषेधाज्ञाका बीच होम डेलिभरी गर्न जानेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। चौतर्फी दबाबपछि जिल्ला प्रशासन कार्यालयले मापदण्ड बनाएर होम डेलिभरी सञ्चालनमा ल्याएको छ। तर, साइकल र ठेलागाडाले कोरोना संक्रमणको जोखिम बढाएको भन्दै केही सातादेखि राज्यले यसमा प्रतिबन्ध लगाएको छ।

ठेलागाडा र साइकलमा सामान बेचेर गुजारा चलाउनेहरुको हकमा प्रशासन कठोर देखिएको हो। जसका कारण हजारौंको रोजीरोटी मात्र गुमेको छभने धेरैलाई परिवार पाल्नै समस्या भएको छ। ठेलागाडा माथि सडकमा प्रहरीको कस्तो दमन छ भन्ने कुरा यही भिडि योले प्रष्ट बोलेको छ।

प्रतिक्रिया दिनुहोस