धान खेतमा भेटियो ५ सय स्मार्ट लाइसेन्स, प्रमुख भन्छन् -कार्यलयको कोठामा सुरक्षीत राखेका थियौँ

जनकपुर, १३ कार्तिक । सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा भेटिएको छ ।यातायात व्यवस्था कार्यालय जनकपुरको मुजेलियास्थित यातायात कार्यालय नजिकै रहेको धान खेतमा सवारी चालक अनुमतिपत्र भेटिएको हो ।
कार्यालय प्रमुख विपिन कर्णले कार्यलयको कोठामा सुरक्षीत रुपमा राखएिको लाइसेन्स धानखेलमा भेटएिको बताए । यसबारेमा अनुसन्धान सुरु गरिएको पनि उनले बताएका छन् ।

खेतमा धान काट्ने क्रममा मजदुरहरूले लाइसेन्स देखेपछि बटुलेर बुधबार अपरान्ह कार्यालयमा बुझाइदिएको भन्दै कार्यलयमा सुरक्षित राखिएको लाइसेन्स खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस