श्वेता खड्कालाई आमाले रुदैं दिइन् बिहे गर्न स्विकृति, बुहारीदेखि परिवार नै राजी, चल्यो रुवाबासी (भिडियो)

काठमाण्डौ । नायिका स्वेता खडकाको दोश्रो बिहेको विषयमा घरमा कुरा चल्दा उनले ‘मसंग अझैं बिहेको विषयमा कुरा नगर्नुस् ।’ भन्ने जवाफ दिएपछि उनकी आमा भक्कानिएर रुन शुरु गर्छिन् । स्वेताले आफ्नो जीवनमा बिहे बाहेक अझैं धेरै काम गर्न बाँकी रहेको भन्दै आफ्नो परिवारलाई बिहेको बारेमा आफुले अझैं सोंचि नसकेको बताउँछिन् ।

तर उनकी आमालाई छोरीको घर बसेको हेर्ने रहर छ । आमाको भनाई अनुसार छिमेकीले पनि ‘छोरीको बारेमा केही नसोंच्ने’ भनेर रातदिन आफुलाई नै कुरा सुनाई रहने भएको हुनाले छोरी स्वेताको बिहे भईदियोस् भन्ने चाहाना रहेको बताउँछिन् । तर स्वेताले आमा र परिवारका अन्य सदस्यलाई भने बिहे भनेको छिमेकीले, साथीभाईहरुले र आफन्तहरुले गर भनेर गरिने कुुरा हाईन भन्दै सम्झाउँछिन् ।

यो दशैंमा परिवारसंगै रमाईलो कुराकानी गरिरहंदा नायिका स्वेताले बिजनेसले गर्दा आफुले अन्य विषयमा ध्यान दिनै नपाउने कुरा सुनाएकी थिईन् । स्वेताको कुरामा कुरा मिलाउँदै उनकी भाई बुहारीले भनिन्,‘हजुरले यस्ता कुरामा समय र ध्यान दिन नपाए के भयो त ? हामीले हेरि हाल्छौं नि ।’ यस्ता कुरामा रामाईलो चलिरहेकै बेला स्वेताले ‘उसो भए म धेरै भएकै हो त ?’ भन्दै प्रश्न गरेकी थिईन् ।

स्वेताको यो प्रश्नको जवाफ दिंदै उनकी आमाले मायाले स्वेतालाई सुमसुम्याउँदै भनिन्,‘तिमी हामीलाई कहिल्यै धेरै हुँदिनौं ।’ यसै प्रसंगमा उनकी भाई बुहारीले पनि ‘यस्ती छोरी कुनै परिवारलाई धेरै हुन्छ होला त ?’ भन्दै स्वेताप्रति माया जताएकी थिईन् । नायिका स्वेताले बिहेको विषयमा कुनै सोंच नबनाएपनि उनका परिवारले भने स्वेताले बिहे गरिदियोस् भन्ने चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस