महेशको भटको भा’ण्डा फो’ड गरिन् उनकै बुहारी लुविनाले, भनिन्: ‘महेश भट बलिउडकै ड’न हुन्, यीनले ड्र’ग्स र केटी सप्लाई गर्छन् (भिडियो हेर्नुस्)

एजेन्सी। महेश भट, यो नामलाई नचिन्ने सायदै कम होलान्। बलिउडका डाईरेक्टर, प्रोडुसर र फिल्मको कथा लेखक महेश भटले ड्र’ग्स र केटी स’प्लाई गर्ने गरेको कुरा भर्खरै बाहीरिएको छ।

यो खबरसंगै यतिबेला बलिउडमा हलचल मच्चिएको छ। हुन त महेश भटको बारेमा यस्ता खबरहरु बाहीरिएको भने यो पहिलो होईन।

तर यतिखेर उनीमाथि लागेको यो आरोप भने निकै नै गम्भिर बनेको छ। यसै आरोपका आधारमा उनी गिरफ्तारीमा पनि पर्न सक्छन्।

किनभने यतिखेर महेश भटमाथि लागेको आरोप न त बलिउडका कुनै स्टारले लगाएका हुन् न त ती स्टारका कुनै फ्यानहरुले नै लगाएका हुन्।

ड्र’ग्स र केटी स’प्लाई गर्छन् भन्ने आरोप यतिबेला डाईरेक्टर भटलाई उनकै घरभित्रकी आफ्नै बुहारीले लगाएकी छन्। उनले आफ्नो श्रीमानसंगको सम्बन्ध बिग्रीएपछि आफुलाई महेश भटले निकै नै तनाव दिएको कुरा खोल्दै महेश भटको कालो का’र्ना’माको बारेमा लुविनाले बोलेकी हुन्।

लुविना महेश भटकी भान्जी बुहारी हुन्। उनको विबाह महेशका भान्जा सुमित अग्रवालसंग भएको थियो। तर अहिले लुविनाले आफ्नो श्रीमानसंग डि’र्भो’स गर्नकोलागी केस फाईल गरेकी छन्।

लुविनाले विबाह पछि नै श्रीमान सुमित एक ड्र’ग्स स’प्ला’एर हुन् भन्ने कुरा थाहा पाएपछि उनले श्रीमानबाट छुटकारा पाउनकोलागी डि’र्भो’स केसको प्रकृयामा गएको बताएकी छन्।

लुविनाले आफ्नो श्रीमानको मोबाईलमा विभिन्न हीरोईनहरुको तस्वीर देखेको र उक्त तस्वीरलाई ड्र’ग्ससंग स’प्लाई गर्छन् भन्ने कुरा जानेपछि उनी श्रीमान मात्र नभई महेश र उनका सबै परिवारबाट टाढा हुन चाहेको बताएकी छन्। तर लुविनाको कुनै पनि कुराको सुनुवाई मुम्बई प्रहरी नगरेको भन्ने उनको आ’रो’प छ।

लुविनाले महेश भट नै बलिउडको ड’न भएको कुरा बताएकी छन्। महेश भटको बारेमा आफुले सबै कुरा थाहा पाएको हुनाले महेश भटले आफुलाई पनि नछोड्ने लुविनाले बताएकी छन्।

उनले एक भिडियो शेयर गर्दै उक्त भिडियोमा महेश भटबाट आफ्नो र आफ्नो परिवारको ज्यानको ख’त’रा भएको बताएकी छन्।

हेर्नुहोस भिडियो:

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस