चिनियाँ राजदूत यान्छीले रेशम फिरिरी नेपालकै चर्चित गीत गाएर दिइन् दसैंको शुभकामना [भिडियो सहित]

काठमाण्डौ । नेपालकालागी चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएर दशैंको शुभकामना दिएकी छन् । उनले यो सालको दशैंको शुभकामना रेशम फिरिरी बोलको गीत गाएर सम्पुर्ण नेपाली जनतालाई दसैंको शुभकामना दिएकी हुन् । उनले आफ्नो ट्विटरमा गीत गाउँदै गरेको भिडिओ राखेर नेपालीहरूलाई शुभकामना दिएकी छन् ।

एक मिनेट २८ सेकेन्डको भिडिओ सेयर गर्दै उनले ट्विटरमा भनेकी छन्,‘मेरा सहकर्मी र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।’ उनले गीत सेयरसँगै ‘यो दशैंले सबैलाई शौभाग्य र खुसी ल्याओस्’ भन्दै शुभकामना पनि दिएकी छन् ।


भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस