रत्नपार्कमा निशुल्क खाना खान आएकी महिलाको बाध्यता, भन्छिन खानकै लागी गलत काम गर्छु (भिडियो हेर्नुस्)

काठमाडौ – लामो समयको लकडाउनका कारण विपन्नहरुको गास खोसिएको छ । कोरोनाको जोखिम अझै कायम रहेका कारण जनजिवन सामान्य हुन सकेको छैन । कोरोनाका संक्रमितहरुले पनि उपचार पाउन सकेका छैनन् ।

दिनहुँ मजदुरी गरेर जिवन चलाएकाहरुको बेहाल भएको छ । दुई गास जुटाउन नसकेकाहरुका लािग काठमाडौको रत्नपार्कमा सहयोगीहरुले निशुल्क खानाको ब्यवस्था गर्न थालेका छन् । निशुल्क खानाको ब्यवस्था गर्न थालेको लामो समय भएको छ ।

लकडाउनको औापचारिक रुपमा अन्त्य गरिएको भएपनि जनजिवन अझै समान्य अवस्थामा नफर्किएका कारण मजदुरहरुले काम पाउन सकेका छैनन् । त्यसैले रत्नपार्कमा निशुल्क खान जानेहरुको संख्या घट्नुको साटो बढ्दै गएको छ । रत्नपार्कमा निशुल्क खान आउनेहरुले सुनाएको आफ्नो बाध्यताले मन कटक्क हुन्छ ।

एक जना जवान महिला दुई छाक खाना जुटाउन अनैतिक काम गर्ने गरेको खुलेआम बताएकी छन् । काखमा सानो छोरा समेत रहेको उनी विवाहित हुन् । श्रीमानकै अगाडी उनले आफु अनैतिक काममा संलग्न भएको बताउँछिन् । उनले आफ्नो पहिचान समेत लुकाएकी छैनन् । सानो छोरा सहित उनीहरुको दिन रात सडकमै बित्नेगरेको उनि बताउँछिन् ।

भिडियोमा खुला रुपमा आफ्नो कामवारे बताएकी छन् । माइतीमा पनि माया र सद्भाव नपाएकी यि महिलाले विवाह पछि पनि श्रीमानसंग माया पाउन नसकेको बताउँछिन् । जसका कारण कुलतमा पुगेको उनले स्वीकार गरेकी छन् । उनले श्रीमान श्रीमतिबीच विवाद हुने गरेको बताउँछिन् ।

काठमाडौमा पैसाको अभावले कोठा भाडामा लिएर समेत बस्न नसकेका उनीहरु बहिनीको सहारामा बसेका थिए । तर लकडाउन पछि बहिनी पनि आफ्नो घर गएका कारण उनीहरु सहारा विहिन भएका छन् ।

हेर्नुहोस पुरा भिडियो :

प्रतिक्रिया दिनुहोस