सार्है दुःखद खबर,वरिष्ठ संगीतकार उदय शमशेर राणाको गए राति निधन!!वैकुण्ठ को बास होस!!

काठमाडौ । वरिष्ठ संगीतकार उदय शमशेर राणाको गएराति निधन भएको छ।

पत्नी विजया राणासँगै अमेरिकाको सियाटलमा बस्दै आएका संगीतसाधक राणाको ७४ वर्षको उमेरमा निधन भएको साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले जनाकारी दिए।

नारायणगोपाल र गोपाल योञ्जनका समकालीन्, मीतज्यू नाइटका एक वाद्यवादक राणा सन् १९४६ फ्रेबुरी २३ मा काठमान्डौँ जन्मिएका हुन्।

राणाको संगीतामा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री , प्रकाश श्रेष्ठ, ओम विक्रम विष्ट, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे, निर्मल खड्का आदिले धेरै आधुनिक गीत गाएको सायमीले जनाकारी दिएका छन्।

संगीतकार राणाका अभय र अभिनव दुई छोरा र एक छोरी अर्चना छन्।

प्रतिक्रिया दिनुहोस