चुनाव हार्ने लक्षण देखिए पछि ट्रम्पका समर्थक बन्दुक बोकेर मतगणना स्थल पुगे

एजेन्सी कार्तिक २० । बहुचर्चित अमेरीकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पले यस अघि मध्यराति आफूले चुनाव जीतिसकेको र ठूलो विजयउत्सव मनाउने तयारी भएको बताएका थिए ।
तर भोलिपल्टै उनले चुनाव नजित्ने संभावना बढे पछि एकातिर मतगणना रोकाउन अदालतमा उजुरी गर्न पुगेका छन् भने अर्कोतिर कानुनी उपचारको खोजी शुरु गरेका छन् ।
यसैबीचमा ट्रम्पका समर्थकहरु बन्दुक बोकेर मतगणना स्थलमा पुगेपछि थप सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्प र विदेनका समर्थकहरु र्याली, प्रदर्शन र नाराबाजीमा व्यस्त रहेका छन् ।

२७० ईलेक्टोरल भोटले विजयी हुने अवस्था रहेकोमा बिदेन २६४ भोट ल्याएर बिजयको नजिक पुगेका छन् भने ट्रम्पको अहिले सम्म केवल २१४ भोट मात्र रहेको छ ।
लोकप्रिय मतका हिशाबले पनि विदेनले ईतिहासकै सबै भन्दा धेरै मत अर्थात ७ करोड बढी मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस