कोरोना संक्रमण भएका मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

काठमाडौँ, २१ कात्तिक । कोरोना संक्रमण भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

हालको उनको आईसियूमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस