हरेक दिन अलिकति सासुलाइ बि’ष दिएर मा’र्न खोज्ने बुहारी, मन थामेर पढ्नुहाेस

आरती नाम भएकी एउटी युवतीको बिहे भयो । बिहेपछि आरती आफ्नो पति अनि सासू–ससुराका साथमा पतिघरमा बस्न थालिन् । केही दिनमै उनलाई महसुस भयो उनकी सासूसँग उनको स’म्बन्ध सहज हुनेवाला छैन । सासूका साथमा बसेर बाँकी जीवन बाँच्न उनलाई अस’ह्य क’ष्टकर हुने देखियो । सासू पुरानो विचारकी,बुहारी आधुनिक सोचाइकी । कुरा कसरी मिल्नु र ? दिनहुँ भ’नाभन हुन थालिहाल्यो ।

दिन बिते,महिना बिते र वर्ष पनि बित्यो । न त सासूले बुहारीका विषयमा तीता टीकाटि’प्पणी गर्न छाडिन् न त बुहारीले मुख फर्काउन । समस्या झन्भन्दा झन् खरा’ब हुँदै गयो । आरती आफ्नी सासूलाई एकदम घृ’णा गर्न थालिन् । जब समाजका अन्य मानिसका अगाडि उनले सासूप्रति आदरभाव र शिष्टता प्रकट गर्नुपर्ने अवस्था आइलाग्थ्यो,

उनलाई अस’ह्य हुन्थ्यो । उनी सासूबाट छुटकारा पाउने उपायका बारेमा सोच्न लागिन् । तर हाम्रो समाज यही हो, भनेजति सजिलै सासूबाट मुक्ति मिल्दैन । त्यसमाथि लोग्नेले त्यस समस्यालाई वास्तै गरिदिएन भने नारी एक्लैले वि’द्रोह गरे पनि केही हुनेवाला छैन ।

एक दिन उनको सासूसँग निकै नराम्रो गरी झ’गडा भयो । लोग्नेले आमाको पक्षमा लागेर उनैलाई दो’षी भनिदिए । उनी निरा’श, दुःखी र क्रो’धित भएर माइत पुगिन् । आरतीका पिता आयुर्वेदका डाक्टर थिए । उनले पितालाई आफ्नो दु’खेसो रुँ’दैरुँदै सुनाइन् । अन्त्यमा उनले भनिन्– ‘हजुरले अब मलाई कुनै क’डा वि’ष दिनुपर्यो । म त्यस दु’ष्ट बूढीलाई खानामा मिलाएर खुवाइदिन्छु । वि’ष दिनुहुन्न भने म त्यस घरमा अब कहिल्यै पाइलो राख्तिनँ ।’

पितालाई छोरीको दुःखले दुःखी बनायो । उनले छोरीलाई प्रेमपूर्वक शिरमा थप्थपाए । उनले भने– ‘छोरी ! तिमीले आफ्नी सासूलाई वि’ष खुवाएर मा’र्यौ भने ढिलोचाँडो पुलिसले पत्ता लगाएरै छाड्छ । तिमी जे’ल जानेछौ र मलाई पनि पुलिसले जे’लको ढोकाबाट भित्र छिराउनेछ, किनभने वि’ष दिएर ष’ड्यन्त्रमा सघाएको आ’रोप मलाई पनि लाग्नेछ । यसो गर्नु ठीक हुँदैन ।’

तर आरती आफ्नो ढि’पीमा अडिग रहिन् । उनले भनिन्– ‘हजुरले मलाई वि’ष दिनैपर्छ । जस्तोसुकै आ’पत् आइलागोस् बरु,तर अब म त्यस बूढीको मुख हेर्न चाहन्नँ ।’

पिताले केहीबेर सोचेपछि भने–‘त्यसो भए तिम्रो खुसी ….। म के गर्न सक्छु र ? तर तिमीलाई पुलिसले ह’त्कडी लगाएर जे’लमा हालेको देख्न म सक्तिनँ । मैले जसो भन्छु त्यसो गर्छौ भने मात्र म तिमीलाई वि’ष उपलब्ध गराउन सक्छु । हुन्छ भने‘हुन्छ’भन …।’

‘मैले के गर्नुपर्छ त ?’आरतीले भनिन् ।
पिताले वि’षको एउटा पुरिया हातमा दिँदै भने–‘तिमीले हरेक दिन यो वि’षको एक चिम्टी मात्र सासूको खानामा सुटुक्क मिसाउनुपर्छ । वि’षको यति थोरै मात्राले कोही म’रिहाल्दैन,बरु बिस्तारैबिस्तारै नजानिदो गरी शरीर शि’थिल हुन्छ,भित्रभित्रै ऊ रोगाउँदै जान्छ र छ महिनाजतिमा मानिस म’र्छ । तिम्री सासूलाई तिमीले दिनहुँ अलिअलि वि’ष खुवायौ भने उनी वि’षका कारणले हैन प्राकृतिक कारणले मरे’की हुन् भनेर सबैलाई विश्वास हुन्छ ।’

पिताले फेरि भने–‘तर तिमीले यो काम अत्यन्त होसियारीपूर्वक गर्नुपर्छ । ज्वाइँसाहेबलाई कत्ति पनि श’ङ्का हुनुहुँदैन । कुनै कारणवश तिमीले ला’पर्बाही गरिहाल्यौ भने तिमी र म दुवै जीवनभर जे’लमा स’ड्नेछौँ । बुझ्यौ हैन कुराको ग’म्भीरता ? त्यसैले आजदेखि उप्रान्त तिमीले सासूसँग झ’गडा गर्न भएन,बरु उहाँको ठीकसँग सेवा गर्नू ।

कसैले तिम्रो बारेमा टीकाटि’प्पणी गरिहाल्यो भने पनि तिमीले चुपचाप सुन्नू । कुनै पनि किसिमले जबाफ नफर्काउनू । भन,यो सब गर्न सक्छौ ?’
आरतीले सोचिन्–‘के भो र,पाँच–छ महिनाको कुरा त हो । त्यसपछि त बूढी म’रिहाल्छे । यति समय त सहनै पर्यो नि ।’ उनले पिताको आदेश पूर्ण रुपले पालन गर्छु भनेर वि’षको त्यो पुरिया लिएर गइन् ।

घर आइपुगेको भोलिपल्टैदेखि उनले सासूको खानामा हरेक दिन बडो होसियारीपूर्वक अलिअलि गर्दै वि’ष मिलाउन थालिन् । उनले सासूका प्रतिको व्यवहारमा पनि परिवर्तन ल्याइन् । बूढीका तीता वचन पनि चुपचाप सहिन् । जतिसुकै रि’स उठे पनि उनी त्यो रि’स द’बाएर अनुहारमा मुस्कान ल्याउन प्रयत्न गर्थिन् ।

उनी आफ्नी सासूको सेवा र टहल गर्न पनि थालिन् । राति सुत्ने बेलामा गोडासमेत थि’चिदिन्थिन् । बूढी अब केही महिनाकी पाहुना मात्र थिइन्, त्यसो भएकाले बूढीका हरेक इच्छा पूरा गर्न उनी प्रयत्न गर्थिन् । उनका सबै कुरा सुनिदिन्थिन् ।

आरतीले सासूलाई मन पर्ने खाना र खाजाहरु तयार गरिदिन्थिन् । सोधीसोधी नयाँनयाँ परिकार बनाएर दिन्थिन् । सासूको राम्रो ख्याल गर्न थालिन् । उनका आज्ञा पालन गर्न थालिन् । केही हप्तामा सासूको व्यवहारमा परिवर्तन आयो । आफ्नो कुरामा बुहारीले जबाफ नफर्काएकाले बूढीको क’चक’चमा कमी आयो । बूहारीले आफ्नो सेवाशुश्रूषा गर्दा अब बूढी आशिष दिन पनि थालिन् । छरछिमेकमा आफ्नी बुहारीको बारेमा नचाहिँदा टि’प्पणी गर्न पनि छाड्दै गइन् ।

बिस्तारैबिस्तारै समय बित्तै गयो । आरती हरेक दिन नबिराई वि’षको मात्रा बूढीको खानामा मिलाउँथिन् । चार महिना बितेपछि उनले वि’षको मात्रा अलिअलि गर्दै बढाउन पनि थालिन् । केही दिनमा वि’षको मात्रा पूरा भयो ।

यता उनको घरको वातावरण भने एकदम बदलिइसकेको थियो । सासू–बुहारीको झ’गडा एकादेशको कथा भइसकेको थियो । छिमेकी आइमाईहरुसँग आफ्नी बुहारीको नि’न्दा गर्न नथाक्ने सासू अब आफ्नी बुहारीको प्रशंसामा समय बिताउन थालिन् ।

बिस्तारै सासूले उनको पनि धेरै ख्याल गर्न थालिन् । बुहारीसँगै खान नपाउँदा उनलाई खाना खाएजस्तै हुन छाड्यो । सुत्नुअघि बुहारीसँग प्रेमपूर्वक बोलीचाली गर्न पाइनन् भने उनी रातमा ठीकसँग सुत्न पनि सक्न छाडिन् ।

छैटौँ महिना लाग्ने बेलासम्ममा आरतीले विचार गरिन्– सासू उनलाई आफ्नै छोरीलाई झैँ माया गर्न थालेकी छन् । हेर्दाहेर्दै आरतीले आफ्नी सासूमा आफ्नी आमाको प्रतिबिम्ब देख्न थालिन् । आफूले खुवाएको वि’षको अ’सरले सासू म’र्ने दिन नजिकिँदै आयो । आरतीलाई यस कुराले चि’न्तित बनाउन थाल्यो । अब उनलाई लाग्न थाल्यो सासू नमरिदिऊन् ।

यस्तै ऊहापोहका बीच उनी माइत गइन् । उनले आफ्ना पितालाई भनिन्–‘पिताजी,मलाई त्यो वि’षको अ’सर समाप्त पार्ने औषधि दिनुहोस् । अब म आफ्नी सासूलाई मा’र्न चाहन्नँ । उहाँ सारै असल हुनुहुन्छ । मलाई उहाँ आफ्नै आमाजस्तो लाग्छ ।’

पिता एकदम जोडले हाँसे । उनले हाँस्तै भने–‘वि’ष ? कुन वि’ष ? मैले त तिमीलाई वि’ष हो भनेर खाना पचाउने औषधिको पुरिया दिएको थिएँ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस