निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि यति धेरैले घट्यो

काठमाडौं – आज साताको छैटौ दिन शुक्रबार पनि सुन को मुल्ये घटेको छ । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको हो ।

बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ५ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस