विद्यालय जाँदै गरेकी ६ वर्षकी बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौ, विद्यालय जान भन्दै हिडेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा निधन भएको छ । धनुषामा मोटरसाइकलको ठक्करबाट विद्यालय जाँदै गरेकी ६ वर्षीया बालिकाको निधन भएको हो । धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुर बस्ने बिष्णुदेव ठाकुरकी ६ वर्षीया छोरी आरती ठाकुरको निधन भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब साढे १० बजे धनुषाको बटेश्वर गाउँपालिका–४ बटेश्वर बजार नजिक महाबीर बोडिंग स्कुल जाँदै गरेकी बालिका विद्यालय पुग्न नपाई वाटोमै अस्ताइन् । उनलाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै निधन भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक श्रीप्रसाद ठाकुरलाई बटेश्वर प्रहरीचौकीले नियन्त्रणमा लिएको छ। बालिकालाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीचोकी बटेश्वरले जनाएको छ। साभार नेपाल खबर

यो पनि पढ्नुहोस:

काठमाडौँ, वैदेशिक रोजगारीको निम्ति मलेसियामा सेक्रेटरी गार्डमा कार्यरत एक नेपाली श्रमिकको राती सुतेकैै अवस्थामा मृत्यु भएको छ । नेपालको ठेगाना सल्यान जिल्ला बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ७ गैरिकटेरी का ४२ बर्षिय पुर्ण सिंह रावत बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्रेटरी कम्पनीमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।

नोभेम्बर १९ तारिख बिहिवारको दिन दिनभर नियमित ड्युटी गरेर कोठामा आएर राती खान पिन खाएर सकुशलनै सुतेको पुर्ण सिंह रावत राती मृत अवस्थामा फेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली श्रमिक मोहन ओलीले जानकारी गराउनुभयो।

मृतक पुर्णको राती सुतेको बेला घुर्ने बानी रहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा सङ्का लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ३ बजेतिर उठाउन खोज्दा नउठेपछि मृत्यु भएको अवस्थामा फेला पारेको बताए।

मलेसियामा यसरी ज्यान गुमाउने पुर्ण सिंह रावत पहिलो व्यक्ति भने होईनन्, नेपाली कामदार हरूको पछिल्लो तथ्याङ्क अनुसार हेर्ने हो भने यसरी ज्यान गुमाउने हरूको सङ्ख्या दैनिक बढिरहेको पाईन्छ।

प्रतिक्रिया दिनुहोस