श्रीमान् को निधन पछि जागिर खोज्दै आएकी संगिताको बिचल्ली, काठमाडौको बीच सडकमै कसले बनायो यस्तो (भिडियो हेर्नुस्)

काठमाडौं । श्रीमानको निधन पछि काठमाडौमा जागिर खोज्न आएकी गोरखाकी संगीता बस्नेतले आफु माथि यस्तो घटना होला भन्ने सोचेकी थिइनन् । सानो छोरी र आमालाई समेत काठमाडौको एउटा कोठामा राखेर होटलमा काम गर्दै गरेकी संगितालाई काठमाडौको बिच सडकमै युवतीहरुले नै यस्तो अवस्था बनाईदिए ।

काठमाडौ बसपार्क मित्रनगरमा २ अपरिचित युवतीले संगीतासँग पैसा मागेर नदिएको भन्दै उनीलाई हा ९तपात गरेर घाइते बनाएका छन् । उनका आँखा, कान र मुखमा गहिरो चो ट लागेको छ ।

तर पैसा नभएकाले उपचार समेत गराउन सकेकी छैनन् । घटना पछि उनले काम गर्दै आएको रेष्टुरेष्टले पनि कामवाट निकालिदिएको छ । सानो छोरीकी आमा संगिताको अहिले विचल्ली भएको छ । कामको शिलशिलामा भारत गएका उनका श्रीमान्को भारतमै निधन भएको हो ।

पैसा कमाउन काठमाडौँ आएकी संगीतलाई प्रहरीकोमा गएर उजुरी दिने तरिका पनि थाहा नभएका कारण उनले न्याय पाएकी छैनिन् । सडकमा मागेर गुजारा चलाइरहेकी उनलाई सडकमा देख्नेहरुले पनि कोरोना लागेकी युवती आई भनेर भाग्ने गरेको संगीताले बताइन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस