भारतबाट आउने माछामा ला’शमा राखिने अति ख’तरनाक र’सायन हाल्ने गरेको तथ्य पुष्टि

काठमाडौ । भारतबाट मानिसलाई मृ’त्युको मुखमा पुर्याउने माछा आइरहेको खुल्न आएको छ । भारतबाट आयातीत म’रेका माछामा फर्मालिन नामक रसायनको प्रयोग भएर नेपाल आउने खुलेको छ । यो तथ्य पुष्टि भएपछि झापाको विर्तामोड नगरपालिकाले त्यस्ता माछाको विक्रीमा प्र’तिबन्ध लगाएको छ ।

नगरपालिकाको बिहीवार बसेको बैठकले भारतबाट आयातीत म’रेको माछामा फर्मालिन नामक रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको प्रयोगले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने हुँदा यसको विक्रीमा प्र’तिबन्ध लगाउने निर्णय गरेको नगरका प्रवक्ता अग्नी पाण्डेले जानकारी दिनुभयो ।

म’रेका माछालाई बि’ग्रिन नदिन फर्मालिन नामक रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउन सक्छ । माछा र कुखुराको अण्डामा विर्तामोड नगरपालिका आत्मनिर्भर रहेको हुँदा त्यस्ता रसायन प्रयोग भएको भारतीय माछाको विक्री गर्नुपर्ने आवश्यकता नै नभएको उहाँको भनाइ छ ।

झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडमा वि–षा–दीको अवशेष परीक्षण गर्ने प्रयोगशाला समेत नगरपालिकाले सञ्चालन गर्दै आएको छ । विर्तामोड नगरलाई वि–षा–दीमु–क्त बनाउन नगरपालिकाले विभिन्न अभियान पनि सञ्चालन गर्दै आएको छ । नगरप्रमुख ध्रुव शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले भारतबाट आयातीत रसायनको प्रयोग भएको माछाको विक्री गरेको पाइएमा त्यस्ता व्यवसायीलाई क’डा का’नूनी का’रवाही गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस