हार्दिक बधाई!!बेलायती सेनाप्रमुखको महान कार्य, गोर्खा सैनिकको इमानदारिता देखेर आफ्नो सम्पति दिए र सदाका लागि अस्ताए

बेलायतमा कार्यरत गोर्खा सैनिकसँग लामो समय काम गरेका बेलायती सेनाका पूर्व प्रमुखले आफ्नो सम्पतिको हिस्सा गोर्खा सैनिकलाई दिएका छन् । उनले आफ्नो सम्पत्तिको एक हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका हुन् ।

पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलको गत नोभेम्बर महिनामा निधन भएको थियो । निधन पूर्व उनले एक इचछापत्र जारी गरेका थिए जसमा गोर्खा वेलफेयर ट्रष्टलाई आफ्नो सम्पति दिने उल्लेख छ ।

उनले आफ्नो ४ लाख ८६ हजार २ सय ५९ पाउण्ड मूल्यको सम्पत्तिबाट एक चौंथाई अर्थात २५ प्रतिशत ट्रस्टलाई प्रदान गरेका हुन् । उनी गोर्खा वेल्फेयर ट्रस्टका एक संरक्षकसमेत थिए ।

बेलायती पत्रिका डेली मेलका अनुसार निधन हुनु केहि महिना पहिले लर्ड ब्रामलले आफ्नो मृत्युपश्चात सम्पत्ति ४ हिस्सा लगाएर सहयोग गर्ने ईच्छापत्र गराएका थिए ।

जसमा उनले गोर्खा वेल्फेयर ट्रस्ट र ह्याम्पशायरको अल सेन्ट चर्चलाई एक/एक हिस्सा दिन चाहेका थिए भने बाँकी दुई हिस्सा भविष्यमा जन्मिने उनका पनाति/पनातिनाको लागि छुट्याएका थिए ।

बेलायती सेनामा सेवाको क्रममा १० वर्ष गोर्खा रा इ फ ल्समा रहेर काम गरेका लर्ड ब्रामल गोर्खाहरुको साहस र इमान्दारीको प्रशंसक थिए । उनले कयौं अवसरमा गोर्खाहरुको खुलेरै तारिफ गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस