कञ्चनपुरमा विवाहित युवती मृत फेला, एकको साइकल भेटियो महिला बेपत्ता

कञ्चनपुरमा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी छन।जिल्लाको दोधाराचाँदनी नगरपालिका–१० सुन्दरनगरमा १८ वर्षीया सपना नेपाली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपाली मगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको बताए। उनका अनुसार नेपाली कच्ची घरको काठको बल्लीमा चु न्नीले पा’ ‘सो लगाएको अवस्थामा भेटेपछि श्रीमानले उद्दार गरि प्राथमिक स्वास्थ्य केन्द्र पुगाएका थिए। नेपालीको उपचारकै क्रममा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस का’ट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उहाँको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताउनुभयो । “खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ ।” उहाँले भन्नुभयो,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । फाइल तस्विर

प्रतिक्रिया दिनुहोस