गोर्खाली खबर
काठमाण्डु – बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया पुगेर ज्यान गुमाएका १८ जना नेपालीको शव आज नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत मलेसियामा विभिन्न समयमा मृ’त्यु भएकाहरुको शव नेपाल ल्याइएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए ।
उनले शव विमानस्थलबाटै सम्बन्धित परिवारको जिम्मा लगाइएको जानकारी दिए । विमानस्थलमा थुप्रै शव एकैपटक आउँदा विमानस्थल क्षेत्र भावबिह्वल बनेको थियो । शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन ।
मृ’तकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।
निगमले क्वालालम्पुर गन्तव्यमा न्यारो बडी जहाजले नियमित उडान गर्दै आए पनि नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज पठाइएको जनाएको छ ।