यस्तो लक्षणले बताउँछ तपाईलाई रक्तअल्पताको समस्याको संकेत, यस्ता व्यक्तिलाई बढि खतरा!!!

रक्तअल्पता किन हुन्छ, कसरी हुन्छ, कसलाई हुन्छ ? यावत् कुरामा हामी सर्तक रहनुपर्छ । साथसाथै रक्तअल्पता भएमा के हुन्छ ? रक्तअल्पताले कस्तो जटिलता ल्याउँछ रु त्यसको निदान के हो ?

यस सम्बन्धमा हामी चनाखो रहनुपर्छ । कुनैपनि रोग लाग्दै गर्दा त्यसको संकेत देखापर्छ । जब यस्ता संकेत देखिन्छ, हामी सर्तक हुनुपर्छ । र, रोग पहिचानतर्फ लाग्नुपर्छ । यसले गर्दा हामी जटिल अवस्थामा फस्दैनौ ।

के हो रक्तअल्पता ?
रक्तअल्पत्ता रक्त सम्बन्धि एक प्रकारको विकार हो । रक्तअल्पत्ता भएमा शरीरमा रातो रक्तकोषिकाको कमी हुने गर्छ । र, शरीरमा रगतको कमी भएमा शरीरमा हेमोग्लोविनको मात्रामा कमी हुने गर्छ । जसले गर्दा शरीरले सही तरीकाले काम गर्न सक्दैन ।

मुखको क्यान्सर हुनुको यस्तो छ प्रमुख कारण र यसबाट बच्ने उपाय !

रातो रक्त-कोषिकाले शरीरमा अक्सिजनको प्रवाह गर्नुका साथै शरीरमा भएको कार्बन डाइअक्साइडलाई बाहिर फाल्ने गर्छ । यसको अभावमा शरीरले कार्बन डाइअक्साइड फाल्न नसकेर शरीरमा विषाक्तता हुने गर्छ । परिणामस्वरुप, शरीरमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तन्छ । त्यसमध्यको एक रक्तअल्पत्रा पनि हो ।

रक्तअल्पत्रा विभिन्न कारणले हुनसक्छ । तर रक्तअल्पत्रा भएका शरीर थाक्ने तथा कमजोर हुने गर्छ ।, यसबाहेक पनि कुनै अन्य लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

हात तथा आखाको मुनीको भाग पहेलो हुनु
जब शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन वा शरीरमा रातो रक्त कोषिकाको मात्रा कम हुन्छ, तब छालोको रङ्ग परिवतिर्त भई छाला पहेलो हुने गर्छ । यो समस्या अनुहारमा मात्र नभएर हात, आँखामनुीको भाग, जिब्रो लगायत शरीरको सम्पूर्ण भागमा देखिने गर्छ ।

मुटुको चालमा गडबडी
शरीरमा हेमोग्लोविनको मात्रा कम भएमा मुटुलाई रगत पम्प गर्नमा कठिनाई हुने गर्छ । जसले गर्दा मुटुलाई शरीरमा अक्सिजनको प्रवाह गर्न थप बलको प्रयोग गर्नु पर्दछ । जसले मुटुको चाल सम्बन्धि गडबडी निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस