प्रचण्डलाई लक्षित गर्दै बादलले भने, मांसहारी आन्दोलन गर्न खोज्नेलाई जावलाखेलको चिडियाखानामा थुनिनेछ

माघ २३ काठमाण्डौं । गृहमन्त्री राम बहादुर थापाले राजतन्त्र ल्याउन हैन गणतन्त्र सुदृढीकरणका लागि नारायणहिटी दरबार अगाडी जनसभा गरिएको बताएका छन् ।
गृहमन्त्री समेत रहेका बादलले अब निर्वाचन बाहेक कुनै विकल्प नरहेको भन्दै आउदो चुनावमा जनताले नेकपालाई दुई तिहाई मत दिने दावी गरे ।

नेकपा ओली समुहले आयोजना गरेको सभालाई संवोधन गर्दै बादलले अहिले आन्दोलनका नाममा नेकपा प्रचण्ड माधव समुहले अपराध गरीरहेको दाबी पनि गरे ।
उनले प्रचण्डले केही समय अघि शाकाहारी आन्दोलनले भएन भनी दिएको

अभिव्यक्ति प्रति लक्षित गर्दै मांसहारी आन्दोलन गर्छु भन्नेहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिए ।
पार्टी अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई विस्थापित गरेर अस्थीरता ल्याउन खोजिएको भन्दै उनले आन्दोलनका नाममा अपराध गर्नेहरुलाई कार्बाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस