अञ्जु पन्त र प्रेमी थीर विहे बन्धनमा, यसरी चर्चमा गरे विहे !

गायिका अञ्जु पन्त र प्रेमी थीर कोइरालाबीच आज विहे भएको छ । यो जोडीले एकवर्ष देखिको प्रेमलाई विहेका परिणत गरेको हो ।

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विहे गरेका हुन् । दुबैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा विहे गरेको बताएका छन् ।

विहेमा सीमित आफन्त मात्र सहभागि रहेको बुझिएको छ । दशक अगाडि अञ्जुको गायक मनोजराज सँग डिभोर्स भएको थियो । उनी छोरी पारितोषिकासँग बस्दै आएकी थिइन् ।

दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरिएको छ । गायिका पन्त र कोइरालाको बिहेलाई गोप्य राख्ने प्रयास गरिएको थियो ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । विगत एक वर्षदेखि प्रेममा रहेका पन्त र कोइरालाले आज विवाह गरेका हुन् ।

भ्यालेन्टाइनमा अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । अञ्जु र थीरलाई वैवाहिक जीवनको शुभकामना ! भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस