पशुपती नाथलाई सुनको जलहरी वि,वाद किन ? राजाले चादिको जलहरी प्रधानमन्त्रीले सुनकै किन ? (भिडियो सहित)

जलहरी भनेको शिवलिङ्ग अडिने आधार हो जसबाट दूध, मह तथा पानी लगायतका चढाइएका वस्तुहरू बगेर जान्छन् । सोही तरल वस्तु जलहरी हुँदै वाग्मती किनारको ब्रह्मनालसम्म पुग्छ र भक्तालुहरूलाई अभिषेक गरिने जल पनि सोही जलहरीमा सञ्चित हुने बताइएको छ । चाँदीबाट बनेको उक्त जलहरी जीर्ण बन्दै गएकोले झन्डै दुई वर्षको गृहकार्यपश्चात् सुनको जलहरी निर्माण गर्ने निर्णयमा कोष पुगेको थियो । सदस्यसचिव ढकालका अनुसार सुन पवित्र तथा सर्वोत्कृष्ट धातु मानिने भएकोले सुनकै जलहरी बनाउने निर्णय भएको हो ।

पशुपतिनाथमा अहिले,सुनको जलहरी रख्नु अघी चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा राखेका हुन् । त्यस अघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी प्रतिस्थापित गरिएको अभिलेख रहेको छ । मुख्य शिवलिङ्गको जलहरीलाई चार पटकसम्म तामाको पाताले मोडिसकेको पाइएकोले अहिले जलहरीलाई जिर्णोद्धार गर्दा प्राचीन स्मारकलाई कुनै असर पर्ने देखिँदैन । भिडियो हेरौ

प्रतिक्रिया दिनुहोस