घरमा यी १० वटा विरुवा लगाउनुहोस् लामखुट्टे भगाउनुहोस्

गर्मिको मौसम त्यसैत सकसको मौसम त्यसमाथि जव साँझ पर्दै जान्छ लामखुट्टेको आतंक वढदै जान्छ । साधारणतया लामखुट्टेवाट छुटकारा पाउन हामी वजारमा पाईने प्रोडक्टमा निर्भर छौं । यि प्रोडक्टहरुमा थरिथरिका केमिकलहरुको प्रयोग भएको पाईन्छ जुन स्वास्थ्यको दृष्टिकोणले हानीकारक हुन्छ ।

यि वाजारी प्रोडक्टहरुको सट्टा हामी केही प्राकृतिक चिजको सहाराले सजिलै लामखुट्टे भगाउन सक्छौं । हामी यहाँ यस्ता १० प्राकृतिक वस्तुको जानकारी दिन गईरहेको छौं जसले लामखुट्टे मात्र भगाउने होईन तपाईको घरको शोभा र सौन्दर्य वढाउन पनि मद्दत गर्नेछ ।

१) लेमनग्रास ः हरघरमा लेमनग्रासको प्रयोग त्यसको सुगन्धको कारणले गरिएको हुन्छ । यसको प्रयोग लामखुट्टे भगाउने औषधीमा पनि गरिएको हुन्छ । यसको मनमोहक र ताजगी भरी वासनाले एक त मुड फ्रेस हुन्छ भने अर्को तिर लामखुट्टे टाढा भाग्ने गर्दछ ।

२) सयपत्रि फूल ः यो फूल सिर्फ तपाईको घरको वालकोनीको सोभा वढाउनको लागि मात्र काम लाग्ने होईन यसको वास्नाले लामखुट्टे भगाउन पनि मद्दत गर्छ । लामखुट्टे भगाउन यसको फूलको आवस्यकता नै पर्दैन सिर्फ वोट नै काफि हुन्छ ।

३) लेवेंडर ः लामखुट्टे भगाउनको लागि जुन मस्किटो रिप्लेट्सको प्रयोग गरिन्छ त्यसका लेवेंडरको तेलको प्रयोग गरिएको हुन्छ । त्यसैले लामखुट्टे भगाउन घरमा लेवेंडरको विरुवा लगाउनुस् ।

४) लसुनको वोट ः भनिन्छ कि लसुन खाए पछि रगतमा अलग्गै किसिमको वास्ना आउँछ, जुन वास्ना लामखुट्टेलाई विल्कुल मन पर्दैन । यदि तपाई आफै लसुन खान मन पराउनु हुन्न भने घरमा लसुनको वोट लगाई लामखुट्टे भगाउन सक्नहुन्छ ।

५) तुलसी ः तुलसीको वोटले हावा सफा राख्न र स–सानो किराहरु र लामखुट्टेहरु टाढा भगाउन पनि मद्दत गर्छ । यसको पात चिया अथवा काडा वनाउन पनि प्रयोग गर्न सकिन्छ ।

६) निमको वोट ः लामखुट्टे, माकुरा र अरु स–सानो किराहरुलाई भगाउन निमको वोटले धेरै फाईदा पु¥याउँछ । यदि तपाईको घरमा ठाउँ छ भने निमको वोट अवश्य लगाउनु होस् यसले लामखुट्टे भगाउन सहयोग गर्छ ।

७) रोजिमेरी ः यसको वोटलाई नेचुरल मस्किटो रिपेलेंट्स भनिएको छ । यसको निलो फुल देखिनमा वहुत सुन्दर देखिन्छ । यसको वास्ना पनि धेरै नै मिठो हुन्छ । यसलाई गमलामा लगाएर सुख्खा र चियो ठाउँमा राख्नु पर्छ ।

८) सिट्रोनेल ग्रास ः यो ग्रास पनि लामखुट्टे भगाउने धेरै राम्रो चिज मानिन्छ । यो ग्रास २ मिटरसम्म ठुलो हुन्छ । यो ग्रासवाट आउने तेल मैनवत्ती, परफ्यूम र धेरै हर्वल प्रोडक्ट्समा प्रयोग भएको पाइन्छ । सिट्रोनेल ग्रासमा एंटी फंगलको गुण पनि हुन्छ ।

९) कैटनिप ः यसको प्रयोग धेरै प्रकारको आयुर्वेदिक औषधिमा गरिएको हुन्छ । यो लामखुट्टे भगाउनमा ज्यादै असरदार हुन्छ । यो विरुवा हरेक मौसमा वढ्ने गर्छ । यसको फुल सेतो र लेवेंडरको जस्तै हुन्छ । लामखुट्टेलाई भगाउन घरको खुला ठाउँमा लगाउनु होला ।

१०) हार्समिंट ः यसको वोटलाई ज्यादै हेरविचार गर्नु पर्दैन । यसको वास्ना सिट्रोनला जस्तै हुने गर्छ । यसको वोट गर्मी मौसममा पलाउने गर्छ । धेरै किसिमको दवाईहरुमा यसको प्रयोग गरिएको हुन्छ । यसलाई घरमा लगाउनाले लामखुट्टे अगाडी आउँदैन ।

प्रतिक्रिया दिनुहोस