गोर्खाली खवर,

हामी सवैले आफ्नो दिमागमा भगवानको एक रुप वनाएका हुन्छौं । कसैले सपनामा भगवानको त्यही रुपलाई देखेको हुन्छ । साधारणतया भगवानको सपना देख्नु शुभ संकेतको रुपमा लिईन्छ र यसको धेरै अर्थ पनि हुन सक्छ । आउनुहोस् सपनाको माध्यमवाट भगवानले तपाईलाई के संकेत दिन खोजेको छ थाहा पाउनुहोस् ।

आशाको किरण ः सपनामा भगवान देख्नु एक आशाको किरण पनि हुन सक्छ । यदि तपाई समस्यामा परिरहनु भएको छ भने सपनाको माध्यमवाट भगवानले तपाई स्वयंम्ले धैर्य वा आशा नछोड्न संकेत गरेको हुन सक्छ ।

भगवानको आशिर्वाद प्राप्त ः भगवानलाई सपनामा देख्नु अलग अलग अर्थ हुन सक्छ । यो यसमा भर गर्छ कि तपाईले भगवानलाई सपनामा कता देख्नु भयो । यदि तपाईले भगवानलाई सपनामा आफ्नो घरमा देख्नु भयो भने तपाईको पुरा घरलाई भगवानको आशिर्वाद प्राप्त भयो भनि वुझ्नु पर्छ । यदि तपाईले भगवानलाई अफिस वा स्कूलमा देख्नु भयो भने तपाईले जिवनमा कडा महेनत गर्नु पर्छ भनि वुझ्नु पर्छ ।

आफ्नो मनको आवाज सुन्ने ः यदि तपाईले सपनामा भगवानले आफुलाई केही सल्लाह दिईरहेको देखे तपाईले आफ्नो अन्तरआत्माको आवाज सुन्नु जरुरी छ भनि वुझ्नु पर्छ ।

सही कर्म गर्ने संकेत ः सपनामा भगवान आउनु सधैं सकारात्मक संकेत नहुन पनि सक्छ । यदि तपाईले सपनामा भगवान रिसाउनु भएको देख्नुभए जिन्दगीमा नराम्रो काम भईरहेको छ र यो काम लाई छोडि सहि कर्म गर्नु पर्छ भन्ने वुझिन्छ ।

प्रतिक्रिया दिनुहोस