मिस इङल्याण्ड जारा विमानस्थलमा पक्राउ परिन, पक्राउ पछिको कारणले सबैको होस् उड्यो

काठमाडौं । पूर्व मिस इङल्याण्ड जारा हल्याण्ड पक्राउ परेकी छिन् । विमान चढेर भाग्न लागेकी जारामाथि कोरोनाभाइरस सम्बन्धी नियम तोडेको आरोपमा मुद्दा चलाइएको छ । डेलीमेलको समाचारअनुसार जारा आफू कोरोनाभाइरस संक्रमित भएको पुष्टि भइसकेपछि पनि आफ्ना ब्वाइफ्रेण्डको साथमा विमान चढेर बारबाडोसबाट भाग्ने प्रयासमा थिइन् । २५ वर्षकी जारा र उनका ३० वर्षका ब्वाइफ्रेण्ड एलियट लभलाई ग्रयान्टली इन्टरनेशनल एयरपोर्टबाट पक्राउ गरिएको हो ।

जारामाथि यो अपराधको लागि १८ हजार पाउण्ड जरिवाना लगाइन सक्छ । साथमा उनलाई एक वर्षको जेल सजाय पनि हुन सक्छ । जारालाई बुधबार अदालतमा पेश गरिँदैछ । रिपोर्टअनुसार यो जोडी गत हप्ता मात्र भर्जिन एटलान्टिक एयरलाइन्सको उडानबाट बारबाडोस गएका थिए । उनीहरुलाई क्राइस्ट चर्च होटलमा क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणमा स्वास्थ्य अधिकारीहरुले २ जनामध्ये एक जना संक्रमित भएको बताएपछि दुबैले आफ्नो हातमा लगाइएको रातो ब्याण्ड खोलेर ट्याक्सी चढेर विमानस्थलतर्फ हिँडेका थिए ।

विमानस्थल पुगेपछि यी दुईले बेलायतको लागि उडान बुक गर्ने कोसिस पनि गरे । तर, उनीहरुलाई विमानस्थलका अधिकारीहरुले पक्राउ गरे । बारबाडोस टुडेका अनुसार जाराले आफ्नो यो कार्यको लागि माफी मागेकी छिन् । उनले आफू सुन्दर बारबाडोस द्विपको पाहुना भएको बताउँदै यो सुन्दर स्थानको नोक्सानी हुने कुनै काम नगर्ने बताएकी छिन् । उनले स्थानीय प्रशासनसँग मिलेर यो मुद्दा सुल्झाउने प्रयास गरिरहेको पनि बताएकी छिन् ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्। हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई, नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

सब्बथ संबरो भिक्खु सब्ब दुख्ख पमुच्चति।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख्खे याणं, दुख्ख समुदय ञाणं, दुख्ख निरोधे ञाणं, दुख्ख निरोध गामीनि पटिपदाय ञाणं।दुख के हो जान्नु, दुखको उत्पति जान्नु, दुखको बिनास जान्नु, र दुख बिनास गर्ने बिध्या जान्नु।शिद्दार्थ गोतम जीबनका दुखलाई देखेर ती दुखबाट छुटकारा पाउने बिध्या खोज्न हिडेका थिय। छ बर्षको खोजि पछि उहांले दुख नास गरने बाटो पत्ता लगाएको ऐलान गर्नु भयो र त्यो बाटोमा हिड्न सिकाउदै हिड्नु भयो। आज आफुलाइ बिद्वान मान्दै हिड्नेहरु, बिषयको जानकारी बिना प्रतिकृया दिन मन पराउछन्, तर बुद्धको मातृभुमिमा उहांको शिक्षाको बारेमा जान्ने मान्छेहरु नगन्य मात्रामा छन।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक थप १ हजार ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आईतवार काठमाडौं उपत्यकामा थपिएका १ हजार ५९९ जना कोरोना संक्रमित मध्ये १ हजार ३७३ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ७८४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस