उमेर ढल्किंदै जाँदा…..

४० वर्षको हुँदा धेरै पढेका र नपढेका बीच खासै फरक हुँदैन किनकी थोरै पढेकाले पनि धेरै पढेकाले भन्दा राम्रो कमाई गरिरहेका हुनसक्छन् !५० वर्षको हुँदा सुन्दर र कुरुप बीच खासै फरक हुँदैन किनकी सुन्दर ब्यक्तिले पनि आफ्नो अनुहारको चमक गुमाउँछ अनि चाउरिपन लुकाउन सक्दैन !

६० वर्षको हुँदा उच्च ओहोदा र निम्न ओहोदा बीच खासै फरक पर्दैन किनकी बहालवाला हाकिम लाई पनि पियनले समेत टेर्न छोड्छ !७० वर्षको हुँंदा झुपडी र महल बीच खासै फरक हुँदैन किनकी घुँडा दुखेर माथिल्लो तला नै पहाड भैदिन्छ !

८० वर्षको हुँदा पैसा हुनु र नहुनु बीच खासै फरक पर्दैन किनकी चाहेर पनि खर्च गर्ने ठाउँ भेटिंदैन !९० वर्षको हुँदा निदाउँनु र जागै रहनु बीच खासै फरक हुँदैन किनकी बिउँझिदा पनि के गर्ने भेउ पाइन्न !त्यसैले यी सब चीजलाई सहज रुपमा लिनुपर्छ किनकी मरेर जाँदा कात्रो पनि अरुकै पैसाले किनेको ओढेर जानुपर्छ। आखिर सबै रित्तै जन्मेर रित्तै मर्ने हो।

उमेर ढल्किंदै जाँदा…..

४० वर्षको हुँदा धेरै पढेका र नपढेका बीच खासै फरक हुँदैन किनकी थोरै पढेकाले पनि धेरै पढेकाले…

Posted by Love Tamrakar on Friday, 19 March 2021

प्रतिक्रिया दिनुहोस