चोरले चोरी गरेको सीसीटीभी फुटेज हेर्दा प्रहरी नै चकित !

काठमाडौं । सामान्यतयाः चोरी गर्नेहरुको दिमाग धेरै सक्रिय हुने गर्दछ । उनीहरु आम मानिसहरुको तुलनमा धेरै चलाख हुन्छन् । तर कतिपय चोरीका घटनाहरु सबैलाई अच्चममा पार्ने खालका हुन्छन् । यस्तै एक चोरीको घटना भारत मध्य प्रदेशको इन्दौरमा चोरीको रोचक घटना घटेको छ ।

चोरी सामान्य थियो, तर चोरले अपनाएको तरिकाले सबैलाई चकित पार्यो । एउटा अपार्टमेन्टबाट एउटा कार चोरी भएको थियो । त्यसपछि सीसीटीभी फुटेज खोजी गरियो । अनुसन्धानपछि प्रहरीहरूलाई यो आश्चर्यजनक चोरीबारे थाहा भयो ।

टोरी कर्नरको सृष्टि अपार्टमेन्टमा एउटा कार चोरी भएको थियो । फुटेज हेर्दा, चोर मोटरसाइकलबाट आएको भनेर थाहा भयो । ति चोरले मोटरसाइकलमा आएर सुरुमा कार चोर्यो र आफु चढेर आएको मोटरसाइकल त्यहाँ छोड्यो ।

त्यसपछि अर्को बाइक लिएर आयो अनी सुरुवातमा त्यहाँ छोडेको मोटरसाइकल लिएर गएको खुलेको छ ।अन्तिम मोटरसाइकल लिनका लागि उनी पैदल हिडेर त्यहाँ आएको फुटेजमा देखिएको छ । कार फेला परेको छ, तर चोर अझै फेला परेको छैन । एसआई भगवानसिंह पटेलले भने, ‘आरोपीको शैली र पैदल शैलीको आधारमा अनुसन्धान सुरु गरिएको छ ।

यो निर्णय गरियो कि कार जुन दिशामा गयो, त्यो दिशामा जानु पर्छ । लगातार सीसीटीभी फुटेज हेरेपछि प्रहरी टीम राजाको बगैंचास्थित सरस्वती स्कूल पुगे । कार खाली ठाउँमा भेटियो ।’ प्रहरीको शंका छ कि उक्त चोर वरपरको क्षेत्रमा लुकेको हुनुपर्छ ।उनले खेतमा कार पार्क गरेका थिए,

जानकारी अनुसार एक वा दुई दिनमा उनले त्यसलाई लुकाउने योजना बनाएको हुनसक्ने प्रहरीका अनुमान रहेको छ । हुलियाको आधारमा चोरको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्य समाचार दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि, जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपनको

कारण के हुन सक्ला? के हामी भोतिक रुपमा मात्र गरिब छौ? यी प्रश्नहरु आज हाम्रो समाजले आत्म समालोचना गर्नको लागी सोध्नु पर्ने भएकोछ।प्राकृतिक सम्पदाको दृष्टिले हेर्ने हो भने हाम्रा पुर्बजहरूले हामीलाई सम्हाल्न सक्ने भन्दा बढी सम्पती दिएर गएका छन्।

हाम्रो तराइले हामी सबैलाई प्रसस्त खुवाएरबङगलादेशमा निर्यात गर्न सक्ने खाद्य पदार्थ उत्पादन गर्न सक्छ, तर हामी खेतिको ज्ञानबाट बंचित छौ र गरीब छौ। हाम्रा पहाडका नदीनालाहरु, सारा देशलाई उज्यालो पारेर, सबलाई खाना पकाई खुबाएर, घरघरमा यातायात पुगाएर, हरेक घरमा आधुनिक मशिनहरु चलाइ दिएर, भारतबाट बिदेशी मन्द्रा आर्जन गर्न सक्ने क्षमताबान छन; तर हामीसंग

बिजुलि निकाल्ने बिध्या छैन; हामी त्यसैले गरीब छौ। हाम्रा हिमालहरुले हामीलाई प्रसस्त बिदेशी मुन्द्रा दिन सक्छन; तर हामीलाई पर्यटन ब्यबसायको ज्ञान छैन, बिदेशीमुन्द्रा तान्नसक्ने कला छैन; हामी त्यसैले गरिब छौ।सधै भुइचालो गैरहने, र समुन्द्री तुफानहरुले सताइ राख्ने भुमिलाई जापनिजहरु ले, एक उदाहरणीय देशको रुपमा चिनाए। हामी जहिले पनि देशको भुपरिबेष्ठितालाई दोष दिदै उम्कन खोज्छौ। यथार्थमा हामीलाई कंगाल बनाउने हाम्रो आफ्नो अप्रगतिशील समाजिक संरचनाहो, हाम्रो आफ्नो

गलत धारणा हो, हाम्रो आफ्नो कुसंस्कार हो, हाम्रो आफ्नो आलशीपन हो, हाम्रो आफ्नो दुर्गतिशील बिचारधारा हो। हाम्रो भोतिक कंगालपन हाम्रो बैचारिक कंगालपनको प्रतिबिम्ब मात्र हो।हामी यति कंगाल छौ कि आफ्ना पुर्बजहरुले कमाईदिएको अमुल्य मणिलाई,

नचिनेर ढुङगा सरह ठान्छौ। त्यसको ज्वलन्त उधाहरण हो “दशा”। गरीब देशका गरीब नागरीक हामी नेपाळिका लागी दुख एक घनिष्ठ सम्बन्धी हो, जहांकी आजभन्दा २५०० बर्ष अघी, यस धर्तीका एक महापुत्रले संसारलाई दुख बिनासको बाटो देखाएका थिए। ति महापुरूष बुद्ध का बाणीहरु आजपनि परिशुद्द अबस्थामा पाईन्छन्। ईमे दुख्ख निरोध गामीनी पतिपदा।यो दुखलाई जरैबाट उखेल्ने बाटो हो।

प्रतिक्रिया दिनुहोस