विवाहको लगतै दुवै दुलहीको भर्जिनिटी टेस्ट, फेल हुँदा दिए सजाएँ !!!

गोर्खाली खवर,

एजेन्सी, २९ चैत्र । महाराष्ट्रको कोल्हापुरमा दुई युवतिहरुको विवाह पछि उनको पतिहरुले भर्जिनिटी टेस्ट गराउन वाध्य गराए । यस पछि ति दुवै केटीहरु कौमार्य परिक्षणमा असफल भए तव पंचायतले उक्त युवतिहरुलाई तुरुन्त तलाक दिन पतिहरुलाई स्विकृति दियो ।

अहिले दुवै यूवतिहरु आ–आफ्नो पतिहरुको विरुद्द कानुनी वाटो चुनेका छन् । दुवै यूवतिहरु कोल्हापुरको कंजरभट समुदायका हुने । दुवै केटीले एकै समुदायका दुई केटाहरुसँग विवाह गरेका थिए ।

आफ्नो उजुरीमा पिडिताले भनिन्, विवाह पछि उनिहरुको समुदाएको परम्परा अनुसार दुवै केटीहरुलाई भर्जिनिटी टेस्ट गराए । एउटी त पास भई भने दोश्रो फेल भई । फेल भए पछि विवाह भन्दा अगाडी सम्वन्ध भएको भनि आरोप लगाए ।

त्यसपछि हामीलाइै कर्नाटकवाट कोल्हापुरमा आफ्नै घरमा फर्काईदिए । हाम्रो परिवारले उनिहरुको हरेक डिमाण्ड पुरा गर्न कोशिस गरेका थिए तर केही फाइदा भएन । अहिले हाम्रो तलाक भइसकेको छ । हामी दुई वहिनीले मद्दतको लागि एक महिला एसोसियशनमा सम्पर्क गर्यौं र आफ्नो पतिहरुको विरुद्द उजुरी दियौं ।

उक्त महिलाहरुलाई कौमार्य परिक्षण जस्तो घृणित र असोभनिय कार्य गराएकोले सामुदायिक पंचायतलाई समाप्त गर्न आवस्यक रहेको वताएको छ । पुलिसले यो मामिलामा पति र ससुरालका व्यक्ति सहित आठ जना विरुद्द मुद्दा दर्ता गरेर अगाडीको जाँचवुझ गरिरहेको वताएको छ ।

 

प्रतिक्रिया दिनुहोस