अपहरणको १२ घण्टा पछि ७ वर्षका नावालक भेटिए, अपहरणको कारण थाहा पाउँदा प्रहरी हैरान !!

गोर्खाली खवर,

एजेन्सी, ४ वैशाख । उत्तर प्रदेशको शाहजहाँपुर जिल्लामा एक ७ वर्षका नावालकको अपहरण भएको थियो । पुलिसले तिव्र अनुसन्धान गर्दै जम्मा १२ घण्टामा उक्त अपहरणकाण्डको खुलासा गरि वच्चालाई सकुसल भेटाएका छन् । प्रहरीले अपरहणकारीलाई पनि गिरफ्तार गरेका छन् । अपहरणको कारण थाहा पाउँदा प्रहरी पनि हैरान भएका छन् ।

अपहरणकारीको नाम थियो दीपक । प्रहरीले दीपकलाई सोधपुछ गर्दा आफ्नो श्रीमतीलाई प्राप्त गर्न उनले वच्चाको अपहरण गरेको थियो । आरोपी दीपकले २ साल अघि लुधियानामा उसको भेट तरन्नुमसँग भएको र पहिला साथि त्यस पछि प्रेम भएको वताएको छ ।

त्यसपछि दुवैले लभ म्यारिज गरेको र ९ महिना पनि उनिहरुको पीयुष नामको छोरा भएको भनेका छन् । केही महिना पहिला उनि आफ्नो परिवारको साथ इमलिया सलतानपुर जिल्ला सितापुर मा सँगै वस्न आएको वताएको छ ।

त्यस पछि अप्रिल ११ मा साधारण झगडामा उसको पत्नी तरन्नुम अचानक केही पनि नभनी वच्चालाई लिएर गईन् । दीपक आफ्नो श्रीमती र छोराको खोजमा हथौडा वुजुर्ग गाउँ पुगे । त्यहाँ उसले साढू मोहम्मद नवीको घर पत्ता लगाए र आईसक्रिम वेच्न लागे । र एक दिन आईसक्रिम वेच्ने वहानामा मोहम्मद नवीको छोरोलाई अपहरण गरेको वताएका छन् ।

आरोपी दीपकले आफ्नो श्रीमती नभेटाए पछि यस्तो काम गरेको वयान दिएका छन् । हाल पुलिसले वच्चालाई परिवारजनको साथमा पठाईसकेको जनाएको छ भने आरोपी दीपकलाई कोर्टमा पेश गरे पछि जेल पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस