यस्तो भए २०७२ सालको भूकम्पमा २२ घन्टा पु’रिएका सोनिस !

निलो टिसर्ट र हाफ पाइन्ट लगाएका फुच्चे केटो दुगुर्दै कोठाभित्र पसे। उनको हातमा स्कुलको रिजल्ट थियो। पछिपछि उनकी आमा रश्मिला अवाल थिइन्। ‘खोइ, खोइ! रिजल्ट हेरौं त,’ हाम्रो आवाज सुनेर उनी एकछिन अलमलमा परे। ढोकामै अडिएर आमाको अनुहारतिर हेरे।

यसरी कोठामा नयाँ मान्छे आउनु उनको निम्ति सामान्य थियो सायद। उनी अप्ठ्यारो नमानिकनै हामीनजिक आए। रिजल्ट देखाउँदै प्रत्येक विषयको ‘ग्रेड’ ठूलो स्वरमा सुनाउन थाले, ‘ए-प्लस, बी-प्लस, डी-प्लस, सी-प्लस, बी-प्लस…।’ २०७२ वैशाख १२ को भु’इँचालो बेला भक्तपुर, मूलढोका-४ को एक भ’ग्नावशे’ष घरमा २२ घन्टा पु’रिएर उ’द्धार गरिएको बालक तपाईंहरूलाई याद छ नि!

त्यति बेला उनको फोटो निकै भाइरल भएको थियो। सेनाको उद्धारटोलीले काखमा बोकेका ती बालक धूलोमा लु’टुपुटु थिए। उनको जिउमा सेतो लुगा थियो, शिरमा टोपी। धूलोले आँखाधरि हेर्न नसकेर चि’म्म गरेका थिए। जसै सेनाले उनको जिउको लुगा ट’क्टकाए, ओठमा लागेको माटो ह’टाए र हल्कासँग फू गरेर आँखाको धूलो झा’रे, उनले आँखा पुलुक्क उ’घारे।

भु’इँचालोको अ’सह्य चोटमा एउटा खुसी मु’सुक्क हाँसेको थियो। आज छ वर्षपछि उनी हामीलाई स्कुलको मा’र्कसिट पढेर सुनाइरहेका छन्। ‘एसकेजी’ मा पढिरहेका सोनिस अवाललाई हामीले सोध्यौं, ‘म्याथमा त डी-प्लस मात्र आएछ नि है? राम्रो हो त्यो?’उनले एक अक्षरमा जवाफ फर्काए, ‘नो।’

सोनिस धेरै प्रश्नको जवाफ ‘यस’ र ‘नो’ मा फर्काउँछन्। ‘झ्या’उ लाग्छ हो म्याथ?’ ‘म्याथ होइन सबैमा झ्या’उ लाग्छ,’ त्यसो भन्दै उनले आफ्नो रिजल्ट दिदी सोनियाको हातमा थ’माए अनि टेबलमा चार्ज भइरहेको मोबाइल थुतेर त्यसैमा झु’म्मिन थाले ।

त्यो मार्कसिट सोनिसको आफ्नो होइन रहेछ, दिदीको रहेछ। दिदीको मार्कसिट लिन उनी आमासँग साथी मात्र गएका रहेछन्। आमा-छोरा स्कुल गएका बेला हामी सोनियासँग घरमै कुरेर बसेका थियौं। स्कुलको परीक्षा आफ्नो ठाउँमा छँदैछ, जिन्दगीको परीक्षा भने यी दिदी-भाइले भु’इँचालोमै ‘पास’ गरेकी हुन्।

त्यो दिन आमा पसल हिँडेपछि सोनिया टिभी हेरिरहेकी थिइन्। छेउमा चार महिनाको भाइ सोनिस म’स्त नि’दाइरहेका थिए। ठूलोबाका छोरीहरू रुबी र लक्ष्मी पनि आफ्नै धुनमा थिए। एक्कासि हेरिरहेको टिभी झ’ल्याकझुलुक हुँदै झि’रझिर गर्न थाल्यो। एकछिनमा फ्या’ट्टै नि’भ्यो।

 

प्रतिक्रिया दिनुहोस