उपत्यकाका तिनै जिल्लामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय

काठमाडौं उपत्यकामा सार्वजनिक र निजी यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक र निजी यातायात बन्द गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।

यो निर्णय वैशाख १६ गते मध्यरातदेखि लागू हुनेछ । कोरोनाभाइरसको संक्रमण बढेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । यस्तै रेस्टुरेन्टहरुबाट टेक अवेको सुविधा दिने तथा ग्रोसरीबाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बर्दियामा आजदेखि एक हप्ता निषेधाज्ञा, के के गर्न पाइँदैन ?

दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था गम्भिर बन्न्न थालेपछि बर्दियामा निषेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो। निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

प्रतिक्रिया दिनुहोस