अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा हाजिर हुन निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन सार्वजनिक सूचना जारी गरेको छ।

मन्त्रालयमा आइतबार भएको छलफलमा उनीहरुलाई सेवामा खटाउने निर्णय भएको हो।

यस्तै, मन्त्रालयले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउने निर्णय पनि गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुन बरामद
वैशाख २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमले बताए । खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका गौतमले बताए ।

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

प्रतिक्रिया दिनुहोस