ललितपुरका प्रमुख जिल्ला अधिकारी सिडिओलाई कोरोना संक्रमण

काठमाडौं, वैशाख २१ गते । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निराैलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेशनबाट उहाँले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिनुभयो ।

संक्रमित बनेपछि उहाँले मंगलबार (आज) दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा समेत सहभागी हुने नसक्ने जानकारी गराउनु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने कार्यक्रम तय भएको छ ।

पहिलो पटक यति धेरैले बढ्यो सुनको भाउ

काठमाडौँ– आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुन प्रतितोला ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

सोमबा सुन तोलाको ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको प्रतितोला ९० हजार १०० रूपैयाँ तोकिएको छ ।आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस